एकदिवसीय क्रिकेटः बाग्लुङमाथि स्याङजाको फराकिलो जित

पोखरा, फागुन १२ गते ।पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिदैं फराकिलो हार व्यहोर्यो ।


टस जितेर व्याटिङ गरेको स्याङजाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङजाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश ओझाको बलमा एलबी डब्लु धरापमा पर्दै पभेलियन फर्किए । ईशान क्षत्रीले ३५ बलमा ३८ रन हिर्काउँदै गतिलो शुरुवात दिलाए । उनले ८ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा आएका सन्जय रेग्मीले १९ रनको योगदान दिदाँ अनिष ताम्राकारले ३२ रन बनाए ।

 

किरण भट्टराईले ३८ बलमा ३२ रन बनाई खेल्दा मुकेश ओझाको हातबाट क्याच हुन पुगे । आठौं नम्बरमा आएका मिलन क्षत्रीले अर्धशतक पुरा गरे । उनले ६९ बल खेल्ने क्रममा ६४ रनमा अविजित रहे । उनले ५ चौका र दुई छक्का प्रहार गरे । त्यसो त सुजन गौतमले १९ र विपिनराज न्यौपानले २५ रन बनाउँदा तुलसीराम भण्डारी १४ रनमा अविजित रहेका थिए । बाग्लुङका विश्व कार्कीको १०–१–३५–३ को बलिङ स्पेल रह्यो । त्यस्तै सचिनराज अधिकारीले भने दुई विकेट लिने क्रममा तीन ओभरमा केवल १२ रन खर्चिएका थिए ।

 

विशाल लक्ष्य पछ्याएको बाग्लुङको व्याटर खुलेर खेल्न सकेनन् । विवेक नेपाली ६ बल खेल्दै शून्यमै आउट भए । मिलन थापा पनि २६ बल खेल्दै ५ रनमा आउट भए । एकपछि अर्को गरी सस्तैमा पभेलियन फर्किने क्रम दोहोरिएपछि बाग्लुङ ७६ रनमा समेटिन पुग्यो । तेस्रो नम्बरमा आएका आरस तामाङले २२ रन बनाए ।

 

 

नवौं नम्बरमा आएका अश्विन थापाले १६ रनको योगदान गरे । अन्य व्याटरको दोहोरो अंकको रन स्कोर कार्डमै चढ्न सकेन् । किरण भट्टराईले ८ ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । विपिनराज न्यौपानेले ४.४ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए । किरण भट्टराई प्लेयर अफ दि म्याच घोषित भए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...