सुर्य तारा खेल महोसत्व फागुन २४ देखि, तयारी तीब्र

पोखरा, फागुन २० गते । दोश्रो सुर्य तारा खेल महोत्सव २०८१ आयोजना हुने भएको छ । सुर्य तारा क्लब(पोखरा) को आयोजनामा यही फागुन २४ देखि चैत २ गतेसम्म खेल महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको तयारी बारे आयोजक सुर्य तारा क्लब पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवमा पुरुष फुटबल, खुल्ला स्लो स्कुटर रेस, खुल्ला टेनिस, राष्ट्रिय खुल्ला महिला डोरीतान, खुल्ला सामुहिक लोक नृत्य, तेश्रो केपी ओली ४० वर्षमाथि सात किलोमिटर सडक दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो ।

 

सुर्य तारा नेकोस फुटबल प्रतियोगितामा १२ टिमले सहभागीता जनाउने छन् भने विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ, उपविजेताले २ लाख २ हजार २२२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार र सर्वाधिक गोलकर्ताले दश रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगिताको पुरस्कार राशी समेत बृद्धि गरिएको छ । पहिलो संस्करणमा विजेतालाई ३ लाख ३ हजार ३३ रुपैयाँ थियो भने यस वर्ष १ लाख रुपैयाँ बृद्धि गरिएको आयोजकले जनाएको छ ।राष्ट्रिय खुल्ला महिला डोरीतान प्रतियोगिताका विजेताले ३३ हजार ३३३, द्धित्तीयले २२ हजार २२२ र तृतीयले ११ हजार १११ प्राप्त गर्ने छन् । खुल्ला महिला स्लो स्कुटर रेसमा प्रथमले २१हजार, द्धित्तीयले १७ हजार, तृतीयले १३हजार, चौथोले ९ हजार,पाँचौले ७ हजार, छैटौँले ५ हजार र सातौँले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।खुल्ला टेबल टेनिस प्रतियोगिताको प्रथमले १५ हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार जित्ने छन् ।

त्यस्तै सात किलोमिटर सडक दौडमा प्रथमले १० हजार, द्धितीयले ७ हजार र तृतीयले ५ हजार, विद्यालय स्तरीय ७ किलोमिटर छात्र÷छात्रा सडक दौडमा प्रथमले ७ हजार, द्धितीयले ५ हजार र तृतीयले ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो ।खेल महोत्सवमा हुने खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताको विजेताले ५५ हजार ५५५, द्धितीयले ३३ हजार ३३३ र तृतीयले २२ हजार २२२ रुपैयाँ प्राप्त गर्ने छन् भने दोश्रो जातिय संघसंस्था स्तरीय झाँकी प्रर्दशनीमा प्रथमले ३३ हजार, द्धितीयले २७ हजार, तृतीयले १९ हजार, चौथोले १७ हजार, पाँचौले १५ हजार, छैटौँले १३ हजार र सातौँले ११ हजार प्राप्त गर्ने महोत्सवका प्रचारप्रसार संयोजक शिवराज सुवेदीले बताउनुभयो ।

 

महोत्सव पोखरा महानगरपालिका वडा नम्वर २९ मा भण्डारढिकमा रहेको खेल मैदानमा हुने भएको छ । खेल महोत्सव सम्पन्न गर्न ८३ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ भने ३५ हजार प्रत्यक्ष रुपमा सहभागी हुने अपेक्षा गरिएकको छ ।प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फागुन २४ गते उद्घाटन गर्ने र चैत २ गते समापन संचार, सुचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...