पोखरा, २४ फागुन ।सुर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिवार देखि कास्कीकोे पोखरा–२९ स्थित प्रस्तावित् लेखनाथ रंगशालामा दोस्रो सुर्य तारा खेल महोत्सव शुरु भएको छ ।
खेल महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेल आफैमा पर्यटन प्रवद्र्धनको माध्यम भएकाले खेल क्षेत्रवाट पर्यटनको विकास गर्न महत्वपूणर््ा योगदान रहेको बताउदै क्लवले विभिन्न विधामा खेलको आयोजना गरेर खेलकुदको विकासमा सहयोग पु¥याएको धारण राखेका थिए ।
हामी एक दशक प्रतिकुल राजनिति परिस्थितीबाट अनुकुल राजनितकमा आएकाले यस विचमा जनताको जिवन स्तर कस्तो छ ? हाम्रो मानविय स्रोत साधनहरु कस्ता छन् ? हाम्रो भावना र हाम्रा चेतना कहाँ छ भन्ने कुराले एउटा महत्वपूर्ण मापदण्ड खेलले देखाउँछ । यसरी खेलको महत्वलाई चिन्ने बुझने कोशिस हामीले गर्न पर्छ उनको सुझाव थियो ।
साथै उनले खेल पदकका लागि मात्र नखेली मनोरङजन,सहकार्य,सद्भाव,सुजनशिलता,राष्ट्रिय एकता र अनुशासन कायम गर्नका लागि खेलिने भएकाले खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पनि सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रमा पूर्व गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले खेलको माध्यमबाट सम्बन्ध स्थापित गर्न सकिने र पोखरा पर्यटनको राजधानीको रुपमा रहेको र आगामी दिनमा धार्मिक पर्यटनको राजधानिको रुपमा विकास गरी नयाँ उचाइ प्राप्त गर्न सकिने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवं खेलकूद महोत्सवका मुख्य प्रायोजक कर्मचार्य वेक्स एण्ड फुड्स प्रालिका प्रवन्धक विक्रम कर्माचार्यले यस क्षेत्रमा ‘अन्तर्राष्ट्रिय स्तरका खेलहरु भए भने पर्यटक बढ्छन त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबद्र्धन गर्न खेलका पुर्वाधार निर्माण गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले खेललाई विषेश महत्व दिएको बताउदै साविक लेखनाथ नगरपालिकाको एक मात्र खेल मैदान भण्डारढीक खेल मैदानको स्तरोन्नतीको आवस्यकाता औल्याएका थिए भने युवा ब्यवसायी पुष्पजोती ढुगानाले युवाहरु विदेशिने क्रमलाई रोक्नका लागि पनि यस प्रकारका खेलहरुलाई निरन्तरता दिन सक्नु पर्ने बताए ।
खेल संचालन पुर्व स्थानिय विभिन्न ८१ संघ संस्था एवम महिला÷आमा समुहहरुले आफ्नो कला संस्कृती, परम्परा सहितको पहिचान झल्कीने झाँकी प्रस्तुत गरेका थिए ।
चैत्र २ गते सम्म हुने खेल महोत्सवको मुख्य आकर्षण फुटबल र त्यसको साथमा ब्याडमिन्टन, एथ्लेटिक,खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता लगायत नृत्य प्रतियोगिता र संघसंस्था स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता हुने सूर्य तारा क्लवका अध्यक्ष विष्णुले जानकारी दिएका छन् ।
यसै विच शनिवार भएको उद्घाटन खेलमा आयोजक सुर्य तारा क्लवले श्रीकृष्ण दल फुलवारीलाई दुई सुन्यका साथ छनोटमा परेको छ ।