पाेखरामा प्रथम नाडा वाडा अटो शो २०२५  हुने

पोखरा । पाेखरामा प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५  आयोजना हुनेभएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहयोगमा  पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा चैत्र १४ गतेदेखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेलकुद मैदानमा ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ को आयोजना गरिने आज पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिइएको हाे ।

 

सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचि बढिरहेको अवस्थामा पोखरामा पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक हुन लागेकाे हाे ।

 

वृहत अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई दिएर अमरसिंह मा.वि. सहयोगी संस्था बनेका छन् ।

 

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिए छ। साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बत्र सक्ने आयोजकहरूको विश्वास छ ।

 

राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था छ भने सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भैसकेको पत्रकार सम्मेलनमा उल्लेख गरियो ।

 

 

प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यता बारे समस्टिगत धारणा बनाउन तथा त्यस अनुरूप नितिगत अग्रसर्ताकालागि पनि सहयोग गर्नेछ ।

 

प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् भने प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

 

प्रदर्शनीको व्यापक प्रचार–प्रसारकालागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघकाे संयुक्त आयोजनामा चैत्र ९ गते शनिवार विहान ८ बजे पोखरा रंगशालाबाट शुरु भई अमरसिंह र्मैदानमा सम्पन्न हुने गरी मोटर ¥याली पनि आयोजना गर्ने बताइएकाे छ ।

 

बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३०० वटा केबुलकार टिकट उपलब्ध गराउने र प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास  लिएकाे
वाडा उपाध्यक्ष एवं वाडा अटो शो २०२५ संयोजक निरन के.सीले जानकारी दिनुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...