५० कराेडकाे लागतमा पाेखरामा एभरग्रीन एकेडेमी संचालनमा

एकराज गिरी/पोखरा । पाेखरामा नयाँ बिद्यालय संचालनमा आउने भएकाे छ । नीजि बिद्यालयकाे भिडमा नयाँ शैलीबाट शिक्षण गर्दै बिज्ञान, प्रविधि, इन्जिनियरिङ,कला, गणित र प्राेगेसिभ प्रणालीमा आधारित शिक्षा प्रदान गर्ने उदेश्य सहित एभरग्रीन एकेडेमी संचालनमा ल्याउन लागिएको हाे ।


पोखरामा रहेको एभरग्रीन एकेडेमी प्रतिभा एजुकेशन फाउन्डेसनबाट सञ्चालित हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयाे । प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन प्रतिभा एजुकेशन फाउण्डेशन अन्तर्गत रहने गरी एउटा भिन्दै शिक्षण संस्थाको रुपमा एभरग्रीन एकेडेमी स्थापना गरिएको बिद्यालयका निर्दशक किरण सापकोटाले जानकारी दिनुभयाे ।

विद्यार्थीको सोँच र सिर्जनात्मक क्षमता प्रकट गर्न र उनीहरुलाई भविष्यका चुनौतीसँग सामना गर्न सक्षम बनाउनु एभरग्रीन एकेडेमीको उद्धेश्य रहेको छ । विद्यार्थीको आवश्यकता र क्षमता अनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले बताउनुभयाे ।

 

 

एभरग्रीन एकेडेमीमा नवीनतम प्रविधिको प्रयोगमा हामीलाई ठूलो विश्वास छ, विद्यार्थीले स्मार्ट क्लासरुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजीका माध्यमबाट सिकाइ प्रक्रिया अनुभव गर्न सक्ने उहाँले बताउनुभयाे । यी सबै प्रविधिको प्रयोगले पाठ्यक्रमलाई अझ रोचक र प्रभावकारी बनाउँछ । विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ उहाँकाे भनाइ थियाे ।

 

 

एभरग्रीन एकेडेमी पोखराको तेर्सापट्टिस्थित आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरी सञ्चालन गरिएको एभरग्रीन एकेडेमीका निर्देशक किरण सापकोटाले जानकारी दिनुभयाे । उहाँका अनुसार नर्सरीदेखि कक्षा ५ सम्मका लागि विद्यार्थी भर्ना हुन पाउनेछन् भने प्रत्येक कक्षामा अधिकतम २४ जनाका दरले भर्ना गरिनेछ ।

 

नर्सरीदेखि कक्षा ५ सम्मका लागि भर्ना अभियान सुरु भएकाे पनि पत्रकार सम्मेलनमा जानकारी गराइयाे । यश वर्ष कक्षा ५ सम्म अध्यन गराउने तयारी भएकाे छ अर्काे वर्षदेखि ६ कक्षा माथि अध्ययन गराउने तयारी गर्ने छाै निर्देशक सापकोटाले भन्नुभयाे ।

 

 

पाेखराकाे तेर्सापट्टिमा कल्पना सिनेमा हलका रुपमा संचालन भएकाे भवनमा प्रतिभा एजुकेसन फाउन्डेसनले ५० कराेडकाे लागतमा भब्य संरचना निर्माण गरेकाे छ ।हामी जग्गा र भवनको खर्चकै क्रममै छाै हालसम्म ५० कराेडकाे वरिपरि खर्च भएकाे निर्देशक सापकोटाले भन्नुभयाे, निर्माणकार्य अझै जारी छ ।नर्सरीमा भर्ना शुल्क १४ हजार रुपैयाँ लाग्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...