पाेखरा, चैत २७ गते । पाेखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियाेगिता हुने भएको छ । कास्की जिल्ला एथलेटिक्स संघको आयाेजनामा चैत २९ र ३० गते पाेखरा खुल्ला एथलेटिक्स मिट २०८१ हुने आज पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।
प्रतियोगितामा विभिन्न १२ विद्यामा प्रतिस्पर्धा गराइने कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले जानकारी दिनुभयाे ।पुरुष र महिला गरि ट्रयाक तर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ४ इन्दु सय मिटर रिल फिल्ड तफ लवजम्प, ट्रिपल जम्प, हाइजम्प, सट पुट, ज्याभलिन थ्रो र कास्की जिल्ला भित्रको विद्यालय स्तरीय १०० मिटर दौड रहेका छन ।
प्रतियोगितामा १२ वटै विद्यामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद ५ हजार, ३ हजार २ हजार र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई १०/१० हजार पुरस्कार प्रदान गरिने संघ कास्की अध्यक्ष गजबहादुर गुरुङले बताउनुभयाे ।
त्यस्तै उदयीमान खेलाडी दुईजनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख खर्च लाग्ने बताइएको छ ।
नेपाली एथलेटिक्स खेल हुनेप्रतियोगितामा नेपाल भरका खेलाडीहरुले कुनैपनि विभागीय कलब, प्रदेश, किल्ला, संघ सस्था, विद्यालय क्याम्पस साथै व्याक्तिगत पनि नाम दर्ता गरि सहभागीता जनाउन सक्नेछन ।
ईतिहासमै प्रथम राष्ट्रिय खेलकुद २०३८ साल देखि वि. सं २०७९ पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्म गण्डकी प्रदेशका एथलेटिक्स बेलाडीहरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्समा गण्डकी प्रदेशबाट १ स्वर्ण, १ रजत र २ काश्य पदक जित्न सफल भएको थियो।
म्याराथनमा स्वर्ण, महिला ४ इन्दु १ सय मिटर रिलेभा रजत, हाईजम्प महिला र लवजम्प पुरुषमा काश्य पदक जित्न सफल भएकाे थियाे ।
कर्णाली प्रदेशमा हुन गइरहेको दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्ला हुँदै प्रदेशका लागि पदक दिलाउन योग्य बनाउने उद्देश्यका साथ यस प्रतियोगिताले गण्डकी प्रदेशका एथलेटिक्स खेलाडीहरुकोमात्र नभई देशै भरिका एथलेटिक्स खेलाडीहरुले आफ्नो खेल कौशलता प्रदर्शन गर्दै खेलको अनुभव र मनोवल उच्च बनाउने लक्ष्य आयाेजककाे छ ।