लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पाेखरा, बैशाख १६ गते । पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।आज पाेखरा रंगशालामा पत्रकार सम्मेलनकाे आयाेजना गरि ९५ प्रतिशत तयारी सकिएकाे ५ प्रतिशत बाँकी रहेकाे जनाएको हाे ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा यही वैशाख १८ गतेदेखि प्रतियोगिता संचालन हुने छ ।

 

पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने पक्का भएको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयाे ।

 

विदेशी टोलीको रुपमा भारत र इरानका टोली सहभागी हुने पक्का भएको हाे ।स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले जानकारी दिनुभयो ।

 

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिनुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...