
आज हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्नेछ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।
वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् । त्यसैगरि वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।
त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवती खत्री केसी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट बिजय नेपाल सम्मानित हुने मञ्चका सचिव राजु गिरीले बताए ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।