पोखरा, जेठ २१ गते । पोखरा महानगरपालिका वडा नम्वर १७ स्थित छहारी टोल विकास संस्थाको आयोजनामा सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
टोल विकास संस्थाका आयोजनामा पहिलो पटक सडक दौड आयोजना गर्न लागिएको घारीपाटनमा स्थित छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिनुभयो ।
यही जेठ २४ गते आयोजना हुने प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्राछात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने अध्यक्ष गोदारले जानकारी दिनुभयो । विद्यालयस्तरीयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।
विद्यालयस्तरीयमा १६० र टोल सुधार तथा युवा क्लब खुल्ला पाँच किलोमिटर दौडमा एक सय जनाको सहभागीता हने अपेक्षा गरिएको टोल विकास संस्थाका सचिव चेतन शर्माले जानकारी दिनुभयो । विद्यालयस्तरीयमा प्रथमले सात, द्धितियले पाँच, तृतियले तीन हजार र सान्त्वनालाई एक हजार छात्र छात्रा दुवैजनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्धितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ पाप्त गर्ने छन् । विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिडसम्म हुनेछ भने महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भै छोरेपाटन स्थित वि.एस. पेटेल पम्पसम्म हुने अध्यक्ष गोदारले जानकारी दिनुभयो ।
प्रतियोगतामा पोखरा वडा नम्वर १७ को विशेष सहयोग कास्की जिल्ला एथेटिक्स संघको प्राविधिक सहयोगमा रहने छ । खेलकुदको जग विद्यलाय भएकाले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा ईटटा थप्ने विश्वास ओजकले लिएको छ ।
खेलकुद विना स्वस्थ नागरिक कल्पना गर्न नसकिने भन्दै त्यसलाई प्रभावकारी बनाउने उद्देश्यलल वडाबाट वडास्तरीय खेलकुद प्रतियोगतामा सहयोग गर्दै आएको पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र पर्यटनको सहर पोखरामा स्वस्थ नागरिक आजको आवश्यकता रहेको सदस्य भण्डारीले बताउनुभयो । दौड सम्पन्न गर्न टोलसुधार समिति, आमा समुह, विभिन्न सामाजिक संघसंस्था क्लब लगायतको साथ सहयोग रहने विश्वास आयोजकले लिएको छ ।