छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्षमाथि कालोमोसो दलेकाे हाे।
अखिल क्रान्तिकारीले जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यालयमा व्यापक अनियमितता, अपारदर्शिता र आर्थिक दुर्व्यवहार भएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “विगत लामो समयदेखि अध्यक्षको एकल निर्णय, स्रोत साधनको दुरुपयोग, जनप्रतिनिधि र स्थानीय नेताहरूको संरक्षणमा भ्रष्टाचार मौलाउँदै आएको छ।”
विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण–अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, अनावश्यक निर्माण कार्यमार्फत रकम लुटिएकोजस्ता गम्भीर आरोपहरु लगाइएको छ। यस विषयमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर यस्तो प्रतीकात्मक विरोध गरिएको बहुमतले जनाएको छ ।
विद्यालयकाे आम्दानी बृद्वि गर्नुपर्नेमा ४० वर्षकाे लागि निजी कम्पनिलाई दिने काममा सहभागी भएकाे आराेप लगाउदै कालाेमाेसाे दलिएकाे बताएकाे छ ।त्यस्तै उक्त पार्टीले निजि क्षेत्रलाई जिम्मा दिने निर्यण फिर्ता लिन पाेखरा महानगरलाई चेतावनी समेत दिइएको छ ।