पोखरामा भदौ दाेश्राे साता ईक्यान शैक्षिक मेला हुने

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा पोखरामा ईक्यान शैक्षिक मेला हुने भएको छ ।

भदौ २० र २१ गते (शुक्रवार र शनिवार) पोखरामा आठौं संस्करणको मेला हुने ईक्यान कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ईक्यानका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, ईक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६० वटा स्टल रहनेछन् ।

 

मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए ।

 

पोखराका विद्यार्थीलाई विदेशमा अध्ययन सम्बन्धी प्रत्यक्ष जानकारी दिलाउन मेलाको आयोजना गरिएको अध्यक्ष गैह्रेले बताए । उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ ।

 

सल्लाहकार सभापति भुवन क्षेत्रीले विद्यार्थीहरु नठगिउन र सहि जानकारी पाउन सकुन भन्ने उदेश्यले मेला आयाेजना गर्न लागिएको बताए ।

 

मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यता सम्बन्धी जानकारी उपलब्ध गराइनेछ । साथै सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...