१०औँ राष्ट्रिय खेलकुदको प्रतीक्षामा कर्णाली

काठमाडौँ, भदौ ८ गते । पटक पटक सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित बनेको छ ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली प्रदेशमा हुने प्रतियोगिता अनिश्चित बनेको हो ।पदाधिकारीबिचको खिचातानीले राखेपको बोर्ड बैठक बस्न सकेको छैन । यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ ३ देखि १० गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ । सरकारले मिति सरेपछि आर्थिक वर्ष २०८२र०८३ मा १०औँ आयोजनाका लागि ५४ करोड बजेट पनि विनियोजन गरेको छ ।१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा सात रङ्ग, चन्द्र र सूर्य झन्डा अङ्कित रहेको छ । यसअघि राखेपले १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरेको थियो ।

 

जेठअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनस् जेठका लागि सारिएको थियो । चर्को गर्मीसँगै कर्णालीको सुर्खेतमा खेलाडीको आवासका लागि होटललगायत व्यवस्थापन गर्न थप चुनौती हुने देखिएपछि पुनस् सरेको राष्ट्रिय खेलकुद खेलाडीका लागि व्यग्र प्रतीक्षा बनेको छ ।दुई दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौँ संस्करण २०७९ सालमा पोखरामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...