गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल सिफारिस

पोखरा, मंसिर/गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक छनोट सिफारिस समितीको मिति २०८२–०८–०६ गतेको निर्णय अनुसार निर्देशक पदका लागि तिन जनाको नाम पोखरा महानगरपालिकामा सिफारीस गर्ने निर्णयको योग्यताक्रमको आधारमा क्रमस: डा. टेकनारायण पौडेल, सरोज अधिकारी र यज्ञ प्रसाद पराजुलीको नाम सिफारिस गरेको थियो | सोहीअनुसार पोखरा महानगरपालिकाको ५७ औँ कार्यपालिकाको बैठकबाट गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा डा. टेकनारायण पौडेललाई चयन गर्ने निर्णय गरेको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयमा निर्देशक पदमा रहेका लक्ष्मण तिमिल्सिना गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा निर्देशक पदमा सिफारीस भए पश्चात् रीक्त रहेको शिक्षालयको निर्देशकको जिम्मेवारी ६ महिना अघी देखि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

 

गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जील्लाबाट समेत गरि करिव ४०० जना बिद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा डिप्लोमा तहका इन्जिनीयरिङ (सिभिल र अटोमोवाइल) स्वास्थ्य कार्यक्रम तर्फ फार्मेसी र सामान्य चिकित्सा, बन विज्ञान र प्रि–डिप्लोमा तर्फ बाल विकास सहजकर्ता र सिभिल इन्जिनियरिङ्गका अन्तर्गत बिभिन्न ८ वटा विषयमा अध्यापन भइरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...