आईसीसी ट्वान्टी–२० वर्ल्डकप ट्रफी पाेखरामा

आईसीसी ट्वान्टी–२० वर्ल्डकप ट्रफी टुरअन्तर्गत मंगलबार पोखरामा ल्याइएको विश्वकप ट्रफी पोखरा रंगशाला र फेवाताल किनारमा अवलोकनका लागि पुर्‍याइएको थियो।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले विश्वकप ट्रफी नेपाल तथा पोखरा ल्याइनु खुशीको कुरा भएको बताए। उनले यसले नेपाली क्रिकेटको पहिचान अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको उल्लेख गर्दै वर्ल्डकप खेल्न जाने नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिए।

ट्रफी अवलोकन कार्यक्रममा खेलप्रेमी, खेलकुद संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ट्रफी टुरले पोखरामा क्रिकेटप्रतिको उत्साह बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...