नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा

लेखनाथ,१३ माघ । नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा प्रवेश गरेको छ ।

कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवारको सेमीफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो । यससँगै प्रहरीको टिमले बुधवारहुने खेलमा होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम मध्येको विजेता टिमसँग १६ गते हुने फाइनलमा भिड्ने छ ।

 

नेपाल प्रहरी गण्डकी प्रदेशको टीमका जर्सी नं १० का खेलाडी विवेक गुरुङ्गले खेलको ३० औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। मंगलवारको खेलमा नेपाल प्रहरीका जर्सी नं ४४ का खेलाडी रोजल दाहाल म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

 

२६ औं आदर्श कप फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...