पुलिस सडनडेथकाे सिकार,सहारा आहा राराकाे सेमिफाइनलमा

एकराज गिरी/पोखरा-सडन डेथकाे‌ सहायताले आयाेजक सहारा क्लबले २५ औँ आहा रारा गाेल्ड कपकाे‌ सेमिफाइनल यात्रा तय गरेकाे‌ छ । सहाराले नेपाल पुलिस क्लबलाइ‌ सडन डेथमा ६-५ ले पाखा लगायाे‌।निर्धारित र अतिरिक्त गरि १२० मिनेटकाे‌ खेल १-१ काे बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुग्याे ।टाइब्रेकरमा पनि दुबै टिमबाट बराबरी गाेल भएपछि खेल सडन डेथमा पुग्याे ।


सहाराले‌ सेमिफाइनल यात्रा तय गर्दा नेपाल पुलिस आहा रारा काे यात्रा टुङ्ग्याउदै‌ पहिलाे खेलबाट बाहिरिएकाे‌ छ ।
पाेखरेली‌ मैदानमा सफल टिम पुलिस क्लब अभागी बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे आफ‌ गाेल रहित बराबरीमा टुङ्गियाे ।दाेस्राे‌ हाफकाे ४९ औ मिनेटमा नेपाल पुलिसले गाेलकाे खाता खाेल्याे । पुलिसका लागि राम वाजिले गाेल गरे ।

पहिलाे गाेलले दबावमा परेको सहाराले खेलको ६१ ऋौं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियाे ।६१ औं मिनेटमा सहाराले पेनाल्टीको अवसर पायो । सहारा एकेडेकीका उत्पादन मुकुन्दकुमार निउरेले गोल गर्दै सहारालाई बराबरी गरे ।

 

पेनाल्टीमा सहाराका पसन्न श्रेष्ठ, विनय तामाङ, बिक्की‌ चाम्लिङ राइ,याेन्जन श्रेष्ठ,भागवत चाैधरी र टे‌ डेनियलकाे प्रहार थालेका परिणत हुँदा सहाराका गाेल रक्षक टेकेन्द्र थापाकाे प्रहार पाेष्ट नजिकैबाट बाहिरियाे । यता नेपाल पुलिस फुटबल क्लबका धिरन्द्र शाह र राम वाजिकाे प्रहार गाेलमा परिणत हुन सकेन भने निरज खडका,दशरथ गिरी,मनिष सेडाइ,अमित तामाङ र सन्जिव लामाकाे प्रहार सफल भयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...