काठमाडौँ, २२ मार्च २०२६ — भायानेट कम्युनिकेसन लिमिटेड ले इन्टरनेट प्रयोगमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्ने उद्देश्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको सन्दर्भमा ल्याइएको यो प्रविधिले पुरानो प्रणालीको तुलनामा करिब चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले लेटेन्सी (Latency) न्यून बनाउँदै प्रयोगकर्तालाई सहज, द्रुत र भरपर्दो इन्टरनेट अनुभव दिने विश्वास गरिएको भायानेट पाेखरा शाखा प्रमुख दिपेश सिग्देलले जानकारी दिए ।
भायानेटका अनुसार नयाँ सेवामार्फत प्रयोगकर्ताले एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ तथा कार्यालयका कामहरू बिना अवरोध गर्न सक्नेछन्।
कम्पनीले २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको ‘WiFi 6’ प्याकेजहरू उपलब्ध गराएको छ। २५० Mbps गतिको वार्षिक योजना रु. १३,८०० (भ्याट सहित) मा उपलब्ध हुने र वार्षिक ग्राहकलाई थप १ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने उनले बताए ।
घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले रु. ३,५०० (भ्याट सहित) मा ‘वाइफाइ ६ मेस’ (Mesh) राउटरको सुविधा पनि ल्याएको छ। यो प्रणालीले बाक्ला भित्ता वा ठूलो क्षेत्रफल भएका घरहरूमा पनि प्रभावकारी सिग्नल विस्तार गर्नेछ।
पुराना ग्राहकहरूका लागि पनि कम्पनीले सहज अपग्रेड सुविधा उपलब्ध गराएको छ। हालका प्रयोगकर्ताले मात्र रु. ५०० शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयू (ONU) मा परिवर्तन गर्न सक्नेछन्।
४के भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक डिजिटल जीवनशैलीका आवश्यकताहरू पूरा गर्न यो सेवा सक्षम हुने कम्पनीको दाबी छ।
थप जानकारी वा जडानका लागि ग्राहकले ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा भ्रमण गर्न सक्ने शाखा प्रमुख सिग्देलले बताए ।