
प्रतियोगिता अन्तर्गत यू८ र यू९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले रजत पदक जिते ।
यू८ तर्फ प्रतियोगितामा सहभागिता जनाएकी लु सिआनलाई कास्की जिल्ला टेनिस संघले पदक, प्रमाणपत्र र गिफ्ट ह्याम्परसहित सम्मान गरेको छ । उनी ५ वर्षकी हुन् ।
यस्तै यू९तर्फ गर्ल्समा भान्सीले स्वर्ण पदक जितिन् भने मिलिवाना लावतले रजत तथा सेजल राना मगरले रजत पदक जितिन् ।
जारी प्रतियोगिता यू१८ ब्वाइजतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्य फाइनलमा एक अर्काको सामना गर्नेछन् । दर्शिलले सेमीफाइनलमा स्पन्दन उदासलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा शास्वतले सुरेन्द्र विकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरे ।
बैशाख ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा शुरू भएको हो । प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित ९० खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङले जानकारी दिए ।