पोखरा ।आगामी बैशाखको ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस अवार्डलाई पोखरा एभेन्जर्सले साथ दिने भएको छ । नेपाल प्रिमियर लिग एनपीएल(ल्एी) अन्तर्गतको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्ने भएको हो ।

पोखरा एभेन्जर्सका सल्लाहकार पोषणमणी त्रिपाठी र पोखरा स्पोर्टस् अवार्ड मुल आयोजक समितिका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच सम्झौता पत्रमा हस्ताक्षर गरी पोखरा स्पोर्टस् अवार्डमा सहयोग गर्नेगरि सम्झौता भएको हो ।
पोखरा एभेन्जर्सले पोखरा सहरसँगै समग्र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता सहित अगाडी वढिरहदा खेलकुद पत्रकार मञ्च गण्डकीले विशुद्ध खेल क्षेत्रमा आधारित भइ आयोजना गर्न लागेको पोखरा स्पोर्टस् अवार्ड संग सहकार्य गर्न पाउदा खुसी लागेको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए । खेलाडीहरूको मनोबल उच्च बनाउने तथा समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गरिएको उनको भनाइ रहेको थियो ।
पोखरा स्पोर्टस् अवार्ड मुल आयोजक समितिका संयोजक तथा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुदलाई माया गर्ने सहयोगी हातहरुको साथकै कारण पोखरा स्पोर्टस अवार्ड १० औं संस्करण सम्म आइपुगेको बताउदै पोखरा एभेन्जर्सप्रति आभार प्रकट गरे ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, फ्रयाङकलिंन एजुकेशन, पोखरा एभेन्जर्स, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला तेक्वान्दो संघ, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया, प्रेमकाजी गुरुङ अष्टे«लिया, राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक बहादुर थापा (पूर्व वडा सदस्य पो.म.न.पा. १०) लामा कलेक्सन न्यूरोड पोखरा, कास्की जिल्ला बास्केटबल संघ उपाध्यक्ष प्रेम पुन, हेम्जाकोट होमस्टे कास्की रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।