पोखरा । कास्की जिल्ला भलिबल संघको २६औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशनबाट बुद्ध गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनबाट सञ्जीव जि.सी. उपाध्यक्षमा निर्वाचित भएका छन् भने अनिल गुरुङ उपाध्यक्षमा मनोनीत भएका छन्। त्यस्तै टंक पौडेल महासचिवमा निर्वाचित र सुन्दर श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्।
संघको सदस्यमा प्रमिला अधिकारी, लक्ष्मी गुरुङ, बलराम तिमिल्सिना, सुविन गुरुङ (सोविन), उत्तम लाल श्रेष्ठ (रुपा) र योगेन्द्र गुरुङ (मादी) चयन भएका छन्। दुई जना सदस्य भने जिल्ला खेलकुद विकास समितिबाट मनोनीत हुने जनाइएको छ।
अधिवेशनले कास्कीमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा संघको संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ। नयाँ कार्यसमितिले जिल्लामा भलिबल खेलको विकास र खेलाडीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
यसअघि अधिवेशनकाे उदघाटन नेपाल भलिबल संघका सल्लाहकार नारायण शर्माले गरेका थिए ।उनले भलिबल खेलकाे विकासका लागि संघले भुमिका खेल्दै आएकाे बताए ।कार्यक्रम गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले खेलाडीलाई छात्रवृत्ति, खेलाडी सम्मान लगायतका राम्रा कार्यक्रम ल्याएकाे दावी गरे ।