पोखरा, जेठ १२ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्ंयामा घटेको छ । केही महिना यता बढेको मृत्यु ह्वात्तै घटेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार ७ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी उपचाररत ७ जनाको मृत्यु भएको हो ।

गण्डकी ११ जिल्ला मध्य सोमबार कास्कीका सबैभन्दा धेरै ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै स्यांजाका २ जना,लम्जुंगका १ जना संक्रमितको मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०७९ नयाँ संक्रमित थपिएका छन । थपिका मध्य महिला ४८० र ५९९ जना पुरुष संक्रमित भएका छन् । सबैभन्दा धेरै कास्कीमा ३७० जना, तनहुँका १६६ जना, म्याग्दीका ३६ जना, बागलुंगका ११ जना, गोरखामा २१८ जना, लमजुगमा ३६ जना, स्यांजाका ५० जना, नवलपरासीमा ११८ जना, पर्वतका ६५ जना र मुस्तांगमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा एकै दिन ९४१ जना, कोरोना सक्रमणमुक्त भएका छन् । केही दिनयता गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको छ । एकैदिन संक्रमणमुक्त भएको यो अहिलेसम्मकै धेरै हो । गण्डकीमा ३७९५४ जना संक्रमित भएका छन भने ती मध्य २६६३८ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा संक्रिय संक्रमितको संख्या १०७३९ रहेको छ भने ती मध्य १०३१२ होमआइसोलेसनमा छन् । कोरोनाले गण्डकीमा अहिलेसम्म ५७७ जनाको मृत्यु भएको छ ।
।