पोखरा, असार २६ गते ।गण्डकीमा कोरोना संक्रमति छ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत छ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु भएका मध्य पोखरा महानगरपालिका दुई जना रहेका छन् भने तनुहँका एकजना, लम्जुंगका दुई जना र बाग्लुंगका एक जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै गण्डकीमा १२५ जनामा संक्रमण पुष्टि भएको छ भने शनिबार ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा संक्रमितको संख्या ५८७५४ रहेको भने ५४८७२ जना निको भएका छन् । हाल गण्डकीमा २७८८ जना संक्रिय संक्रमित रहेका छन भने ९९४ जनाको संक्रमणबाट मृत्यु भएको छ । शनिबार कास्कीका ४८, तनहुँका ३१, स्यांजाका ९, नवपरासी पूर्वका ३० र मुस्तांगका ५ जनामा संक्रमण पुष्टि भएको छ ।