कास्की कोरोनाको उच्च जोखिमै, ९५२ संक्रिय संक्रमित, ४२९ को मृत्यु

पोखरा, साउन १ गते । कास्कीमा कोरोना संक्रमण अझै घटेको छैन् । पछिल्लो दुई महिना निषेधाज्ञा गरेपनि कास्कीमा संक्रमितकको संख्यामा कमी आएको छैन् । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कास्कीमा २४ हजार ४ सय ८४ जना संक्रमि भए । ती मध्य २३१०३ जना संक्रमण मुक्त भएपनि अझै ९५२ जना संक्रिय संक्रमित रहेका छन् ।

सरकारले ५ सय भन्दा बढि संक्रमित भएको जिल्लालाई रेड जोन घोषणा गरेको छ । तर कास्कीमा दोब्बरको संख्यामा सक्रिय संक्रमित रहेका कारण कास्की अझै संक्रमणको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख १५ यता दश पटक निषेधाज्ञा जारी गरेपनि त्यसको प्रभाव देखिदैन् । कास्की दैनिक झण्डै डेढ सयको हाराहारीमा संक्रमित थपिएका छन् । कास्कीमा अहिलेसम्म कोरोना संक्रमणबाट ४२९ जनाको मृत्यु भएको छ ।

 

गण्डकी प्रदेशका ११ जिल्ला मध्य सवैभन्दा धेरै मृत्यु र संक्रमित कास्कीमा रहेका छ् । त्यस्तै दोश्रो उच्च जोखिम नवलपरासी पूर्व रहेको छ । त्यहाँ ४५७ संक्रिय संक्रिमत रहेका छन् । त्यस्तै बाग्लुगमा ३२९ संक्रिय संक्रमित रहेका छन् भने तनहुँमा २३८ संक्रिय संक्रमित रहेका छन् । गोरखामा २५० संक्रिय संक्रमित रहेका छन् । लमजुंमा १७७ संक्रिय संक्रमित छ भने स्याजांमा १४४ रहेका छन् । म्याग्दीमा ४४, मुस्तांमा ३० जना, मनांगमा १६ संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...