पोखरा, असोज २३ गते । नेपालीहरुको ठूलो चाड वडा दशै बिहिबारदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
दशैँको सुरुवातसंगै बजारमा किनेमेल गर्नेहरुको भिड बढेको छ । पुटपाथ पसलदेखि ठूला सर्पिङ महलसम्म किनमेल गर्नेहरुको भिडभाड देखिन्छ । खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, जुत्ता चप्पलका पसलहरुमा किनमेलका लागि भिड देखिन्छ ।
पोखराका मुख्यचोकहरु महेन्द्रपुल,चिप्लेढुंगा, पृथ्वीचोक, सृजनाचोक, बगर, अमरसिंहचोक, विरौटा लगायतका मुख्यचोकका पसलहरुमा सर्वसाधारणको भिड बढेको छ ।
पोखराका सडकमा सवारीहरुको चाप समेत बढेको छ । दशैमा पोखरा छाडने र भित्रनेहरुको लर्को लागेको छ । विगतका दुई वर्ष दशै खुलेर मनाउन नपाएका कारण यस वर्ष कोरोना भाइरस संक्रमण दर घटेको र धेरैले खोप लगाएका कारण दशै उल्लासमय रुपमा मनाउने योजना बनाएको पोखरा न्यूरोडकी सृजना रिजाल कार्कीले बताउनुभयो ।
दुई वर्ष आफना आफन्तकोमा जान पनि पाइएन उहाँले भन्नुभयो, यो पटक अल्लि रमाइलो गरेर मनाउन पाइन्छ भन्ने लागेर किनमेलमा बजार निस्किएको बताउनुभयो । यता पृथ्वीचोकका व्यवसायी शान्ति आचार्यले केही दिनयता ब्यापार बढेको बताउनुभयो । दुई वर्ष कोरोनाले व्यापार ठप्प भयो उहाँले भन्नुभयो, ‘दशैँसंगै किनमेल गर्न आउनेको भिडभाडनै छ । केही आशा जगाएको छ ।’