आजदेखि खुले बिद्यालय,भौतिक उपस्थितिमै कक्षा सञ्चालन

पोखरा, फागुन १ गते । कोरोना भाइरस संक्रमणको तेस्रो लहरका कारण एक महिनाअघि बन्द गरिएका देशभरका विद्यालय आजदेखि खुलेका छन् । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार आजदेखि विद्यालय सञ्चालनमा आएका हुन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गराइएको थियो । देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो। यसैवीच कास्कीका विद्यालयपनि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबार सुचना जारी गदै स्वास्थ्य मादण्ड पालना गदै सञ्चालन गर्न दिएको छ ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...