भुजेल समाज सेवा समिति कास्कीद्वारा जनप्रतिनिधिहरुलाइ सम्मान

पोखरा ,जेठ २८/भुजेल समाज सेवा समिति कास्कीले स्थानीय तह निर्बाचन २०७९ का कास्कीबाट नवनिर्बाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सनिबार सम्पन्न गरेको छ ।पोखरा महानगरपालिका वडा न २२ स्थित आफ्नै कार्यालयमा आयोजित बिशेस कार्यक्रमको आयोजना गरि कास्की जिल्लाका बिभिन्न पालिकामा निर्बाचित पदाधिकारी तथा सदस्यमा निर्बाचित आफ्ना सदस्यहरुलाई सम्मान गरिएको सो समाजले जनाएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,भुजेल समाज सेवा समितिका निबर्तमान केन्द्रीय अध्यक्ष सूर्य भुजेल ,जिल्ला अध्यक्ष पूर्ण बहादुर भुजेल लगाएतले सम्मान गरेका थिए । सो अबसरमा कास्कीका समन्वय प्रमुख लिलाधर पौडेलले विभिन्न जातजातिको साझा फूलबारीको रुपमा रहेको कास्की जिल्ला सबै जात जातिका संस्कार र संस्कृतिले सांस्कृतिक केन्द्र बनाएको भन्दै तिनीहरुको संरक्षण र सम्बर्द्धनका लागि पहाल कदम लिईने बताए ।

 

भुजेल समाज सेवा समितिका निबर्तमान केन्द्रीय अध्यक्ष सूर्य भुजेलले समाजका बिबिध रचनात्मक कामहरुको जानकारी दिदै आफ्नो समाजलाई निरन्तर सहयोग गर्न आग्रह गरे ।पोखरा महानगर वडा न २२ का अध्यक्ष हिमलाल बरालले आफुहरु जुन तवरले निर्बाचित भए पनि निर्बाचित भएपछी सबैको साझा भएकोले सबैलाई निस्पक्ष ब्यबहार गर्ने बताए ।

सो कार्यक्रममा समाजका केन्द्रीय सचिब त्रिसन घर्ति ,पूर्व क्षेत्रीय सचिब राजकुमारी भुजेल लगाएतले बोलेका थिए ।  समाजका कास्की जिल्ला अध्यक्ष पूर्ण बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष प्रेम बहादुर भुजेलले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...