पोखरा, जेठ । पोखरामा आयोजना गरिएको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको प्रदेशस्तरको गण्डकी प्रदेश सम्मेलन गत जेठ १९ र २० मा सम्पन्न भएको छ । प्रदेश भित्रका सहभागी पुस्तकालय सन्चालन गरेका संस्थाहरुले सम्मेलनमा पुस्तकालयका गतिबिधि झल्कने टिपोर्ट रिपोर्ट फ्लेक्स प्रिन्ट, पावरपोइन्ट तथा वृत्तचित्रबाट पुस्तकालय परिचय दिएका थिए । पोखराको सामुदायिक पुस्तकालय अरुणोदय पुस्तकालय आदर्श पुस्तकालय स्याङ्जाको जनता पुस्तकालय लगायतको प्रदर्शनी मार्फत परिचय देखाइएको थियो ।
पोखरा ५ मालेपाटन स्थित सुर्यचन्द्र बिकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकालय को ६ मिनेट ३६ सेकेण्डको वृतचित्त्र प्रदर्शन गरिएको थियो । वृतचित्र लेखन तथा स्वरांकन संस्थाका पुर्व अध्यक्ष धनबहादुर नेपाली र फोटोचित्र संकलन नारायण के.सी. ले गरेका थिए । वृतचित्रमा पुस्ताकालय स्थापनादेखि हालसम्म सञ्चालन हँुदा देखिएका अवसर उपलब्धि बारे चर्चा गरिएको थियो ।
प्रदेश स्तरको सम्मेलनमा पुस्ताकालयद्वारा यस्ता सृजनात्मक गतिबिधि प्रदर्शन गर्न पाउनु सवै सस्थालाई प्रेरणा थप्ने कार्य भएको सुर्यचन्द्र बिकास समाजका अध्यक्ष कमला गौतमको भनाइ थियो ।सम्मेलनले महत्वपुर्ण निर्णयहरु सहित घोसणा पत्रको तयार गर्दै नागरिकलाई सचेत संगठित र परिचालन गर्न उद्देश्य लिएको छ ।एक स्थानिय पालिका एक ब्यवस्थित सार्वजनिक पुस्तकालय को नारालाइ सरकारले बिशेष ध्यान दिनु आजको आबश्यकता हो ।