स्टेप बाइ स्टेपमा कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीहरूको स्वागत

पोखरा, साउन ।पोखरास्थित स्टेप बाइ स्टेप माविले कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको सुरुवात स्वागत संगीतसहित गरिएको थियो। संस्थापक प्राचार्य निर्मला बरालले नवआगन्तुक विद्यार्थीहरूप्रति स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको विगतको शैक्षिक यात्रा, प्राप्त उपलब्धिहरू तथा भावी योजनाका विषयमा चर्चा गर्नुभयो। उहाँले विद्यालयले विगतमा हासिल गरेको उत्कृष्ट नतिजालाई निरन्तरता दिन विद्यार्थी, शिक्षक र अभिभावक सबैको भूमिकालाई महत्त्वपूर्ण रहेको बताउँदै नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित, मेहनती र इमानदार भई लक्ष्यमा पुग्न आग्रह गर्नुभयो।

 

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालय स्थापनाको उद्देश्य, शैक्षिक सुधारका लागि गरिएको लगानी र भावी योजनाबारे आफ्ना विचार राख्नुभयो। सहप्राचार्य दीपक गिरिले विद्यार्थीलाई समग्र रूपमा सक्षम बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताउँदै नवआगन्तुकहरूलाई अवसरको उपयोग गर्न प्रेरित गर्नुभयो।

 

त्यसैगरी, विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले विद्यालयको शैक्षिक तथा सह–शैक्षिक कार्यक्रमहरूबारे जानकारी दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रमसँगै नेतृत्व र सिर्जनशीलताको विकासतर्फ पनि सक्रिय रहन आग्रह गर्नुभयो। कक्षा ११र१२ का संयोजक रघुनाथ वाग्लेले विद्यालयको प्लस टु तहको गतिविधि, कक्षा सञ्चालन, मूल्यांकन प्रणाली लगायतका पक्षबारे संक्षिप्त जानकारी दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभयो।

 

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। नृत्य, गीत, कविता तथा मन्तव्यमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। कक्षा १२ का अनुप गिरि, सन्देश यादव, यश थापा मगर र गौरव लामिछानेले साङ्गितिक प्रातुती राखेका थिए भने तृप्ती खत्री, शुभेक्षा आचार्य, सन्ध्या जिरेल तृप्ती सुनार आश्रीया भट्टराई लगायतले स्वगत नृत्य प्रस्तुत गरेका थिए। कक्षा १२ कि छात्रा रोशनी केसिले स्वागत नृत्य प्रस्तुत गरिन भने सालिन श्रेष्ठ र हिमान्शु सापकोटाले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै कक्षा १२ कि स्नेहा रिजालले धन्यवाद मन्तब्य राखेकी थिइन। कक्षा ११ को तर्फबाट बिधालयकि मेधावी छात्रा राशिका श्रेस्ठको मन्तब्यले कार्यक्रमको वातावरण तताएको थियो।

 

विद्यालयका प्रतिभाशाली विद्यार्थीहरू — आश्रीया भट्टराई, रानी कुँवर, आयु पाठक, रस्बी लामिछाने र लक्ष्मी श्रेष्ठले कार्यक्रम सन्चालन गरेका थिए।विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतिको शैली तथा अनुशासनबाट विद्यालय व्यवस्थापन निकै उत्साहित देखिएको थियो। विद्यालय परिवारले आगामी दिनमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूलाई प्रतिस्पर्धी तथा सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।स्थानीय स्तरमै शैक्षिक गुणस्तर, व्यवस्थापन र अनुशासनका दृष्टिले उदाहरणीय मानिने स्टेप बाइ स्टेप माविले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा नवआगन्तुक बिद्यार्थीलाई विभिन्न कार्यक्रममार्फत स्वागत गर्दै आएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...