पोखरा ।पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो÷ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए ।
संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि माघ २ गते सम्म नाम दर्ता गर्नुपर्ने छ । टीम दर्ताका लागि दर्ता शुल्क २ सय ५० रहेको र माघ ४, ६, ७ र ८ गते क्वालिफाइड राउण्डबाट खेल खेलाईने र उत्कृष्ट १२ जनालाई फाइनमा प्रवेश गराइने खेल संयोजक गज बहादुर गुरुङले जानकारी दिए ।
महोत्सवको दोश्रो दिन लोक दोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रबि कार्की र पुरुषोत्तम न्यौपाने संगै कलाकारहरु सबिना गुरुङ, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री रमा गौतम लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेस्रो दिन बिहीबार लोकदोहोरी तर्फ शान्तिश्री परियार, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । साँझको लाइभ कन्सर्ट तर्फ युवाहरुमा चर्चित लाहुरेको प्रस्तुती रहने छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।