पोखरामा गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता फागुन २८ देखि

पोखरा । गण्डकी‌  प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता – २०२६ का लागि प्रदेशस्तरीय टोली छनोट गर्न “गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ।


संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता यही फागुन २८ गतेदेखि चैत ३ गतेसम्म Pokhara Rangashala Cricket Ground र Eden Haven Cricket Ground मा सञ्चालन हुनेछ।प्रतियाेगिताकाे उदघाटन खेल फागुन २८ गते बिहान हुने संघले जनाएकाे छ ।

 

प्रतियोगितामा गण्डकी प्रदेश क्रिकेट संघमा आबद्ध छ वटा जिल्ला टोलीहरू बीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतियोगितामा खेलाडीहरूले देखाएको प्रदर्शनका आधारमा २४ जना उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षण (क्लोज्ड क्याम्प) मा समावेश गरिनेछ। बन्द प्रशिक्षण चैत ४ देखि ७ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ।

 

खेलाडीहरूको क्षमता मूल्यांकन तथा राष्ट्रिय प्रतियोगिताका लागि मानसिक तयारी विकास गर्न ‘मुक्तिनाथ’ र ‘त्रिवेणी’ नामक दुई टोली गठन गरी तीन वटा अभ्यास खेल आयोजना गरिनेछ। बन्द प्रशिक्षण र अभ्यास खेलपछि अन्तिम १५ सदस्यीय गण्डकी प्रदेश टोली घोषणा गरिनेछ।

 

उक्त टोलीले चैत ७ गतेदेखि बागमती र मधेश प्रदेशमा सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ।

 

गण्डकी प्रदेशमा क्रिकेटको विकास तथा “Grassroots to Greatness” लक्ष्यलाई साकार पार्न यो छनोट प्रतियोगिता महत्वपूर्ण हुने विश्वास संघले व्यक्त गरेको छ। साथै सहभागी सबै जिल्ला टोलीलाई सफलताको शुभकामना दिँदै प्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि खेल तालिका (फिक्स्चर) समेत सार्वजनिक गरिएको संघले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...