पोखरा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट टिम घोषणा गरिएको छ। घोषित टिमको कप्तानी बिपिन खत्रीले गर्नेछन्।

टिममा सुभाष भण्डारी, मुस्कान थापा, सिब्रिन श्रेष्ठ, अर्जुन कुमाल, सेफल श्रेष्ठ, कृष्ण पौडेल र सुभाष बास्तोला रहेका छन्।
यस्तै, रिजर्भ खेलाडीका रूपमा प्रदीप पौडेल, राज परियार, सुरज अधिकारी, चन्दन राउत, रोहित चन्द, अनिकेत गजुरेल, विश्वास पराजुली, सागर भुजेल, शबुदिन अन्सारी र अन्जन के.सी. राखिएका छन्।
टिमको व्यवस्थापकमा कमल थापा र मुख्य प्रशिक्षकमा रिजान प्रजु रहेका छन्।
‘Support Kaski – Grassroots to Greatness’ नारासहित कास्की टिम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी हुने तयारी गरिएको जनाइएको छ।