पारिवारिक कलह र अंश मुद्दाको विवादकै कारण सिर्जनाको हत्या

पोखरा । पोखरा महानगरपालिकामा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको घटना सम्लग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि खुँडा प्रहार भएको हो । प्रहारलगत्तै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

श्रीमान्‌को मृत्युपश्चात् सुरु भएको पारिवारिक कलह र अंश मुद्दाको विवादकै कारण सिर्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।हत्या अभियोगमा प्रहरीले २७ वर्षीय शिशिर केसी र पोखरा–१७, रातोपहिरो बस्ने ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । मुख्य अभियुक्त शिशिरलाई रूपन्देहीको बुटवल–२, मनकामना टोलबाट नियन्त्रणमा लिइएको प्रहरी आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पर्वतको कुश्मा–११ घर भई पोखरा–६ बस्ने शिशिरले परियारसँग मिलेर हत्या गरेको स्वीकार गरी सकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

 

प्रहरीका अनुसार अभियुक्त शिशिर यसअघि पनि लागु औषध, अभद्र व्यवहार र चोरी मुद्दामा पटक–पटक हिरासतमा परेका व्यक्ति हुन् । अर्का अभियुक्त परियार पनि लागु औषध मुद्दामा दुई पटक सजाय काटिसकेका व्यक्ति हुन् । हत्यापछि शिशिरलाई मोटरसाइकलमा राखेर भगाउने चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...