पोखरामा नयाँ नीलो यामाहा एक्सएसआर १५५ सार्वजनिक

पोखरा, असोज २३ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफलतापछि यामाहाले नयाँ नीलो रङको एक्सएसआर १५५ मोटरसाइकल पोखरामा सार्वजनिक गरेको छ।

यामाहाको पोखराका लागि आधिकारिक विक्रेता भिएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले पोखरा सभागृहको प्राङ्गणमा आयोजित कार्यक्रममा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। कम्पनीले क्षेत्रीय बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने उद्देश्यले नयाँ रङको मोटरसाइकल पोखरा ल्याएको जनाएको छ।

पोखराका राइडर तथा ग्राहकले असोज ३० गतेसम्म सभागृहको प्राङ्गणमा सञ्चालन भइरहेको यामाहा ब्लु फेस्ट तथा नयाँबजारस्थित यामाहाको शोरुममा पुगेर मोटरसाइकल अवलोकन, परीक्षण सवारी र बुकिङ गर्न सक्नेछन्।

यामाहाको ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ भन्ने मूल भावनालाई आत्मसात् गरेको एक्सएसआर १५५ मा परम्परागत शैली र आधुनिक प्रविधिको संयोजन गरिएको छ। मोटरसाइकलमा १५५ सिसीको तरल पदार्थबाट चिस्याइने इन्जिन, भिभिए प्रविधि र ६ गतिको गियर प्रणाली रहेको छ। यसले दैनिक यात्रा तथा लामो दूरीको सवारीमा उपयुक्त शक्ति, कार्यक्षमता र स्थिरता प्रदान गर्ने कम्पनीको भनाइ छ।

ग्राहकको मागअनुसार रङका थप विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ नीलो संस्करण बजारमा ल्याइएको कम्पनीले जनाएको छ। यसको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नयाँ संस्करणको मूल्य तुलनात्मक रूपमा किफायती भएकाले मौलिक शैलीको मोटरसाइकल मन पराउने ग्राहकलाई खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।

 

नयाँ मोटरसाइकलको क्षेत्रीय विस्तारबारे बोल्दै एमएडब्लु राइड्स प्रा.लि.का क्षेत्रीय व्यवस्थापक राम बोहटीले एक्सएसआर १५५ ले बजारमा सकारात्मक प्रतिक्रिया पाएको बताए। उनले ग्राहकबाट थप रङका विकल्पको माग भइरहेको उल्लेख गर्दै पोखरालगायत क्षेत्रीय बजारमा नयाँ नीलो संस्करण उपलब्ध गराउनु कम्पनीका लागि महत्त्वपूर्ण कदम भएको बताए।

 

उनका अनुसार क्षेत्रीय ग्राहक यामाहाको बढ्दो एक्सएसआर समुदायका महत्त्वपूर्ण हिस्सा हुन्। उनीहरूलाई थप विकल्प र उत्कृष्ट अनुभव उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उनले बताए।

 

नयाँ संस्करण सार्वजनिक गर्नुको उद्देश्य स्थानीय राइडरसँग यामाहाको सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै पोखरामा एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार गर्नु पनि रहेको कम्पनीले जनाएको छ।

 

भिएडब्लु इन्टरप्राइजेज प्रा.लि.का बारेमा

भिएडब्लु इन्टरप्राइजेज प्रा.लि. पोखराका लागि यामाहाका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक विक्रेता हो। कम्पनीले पोखरा बजारमा गुणस्तरीय सवारीसाधन, नवीन प्रविधि र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...