गण्डकी प्रदेश विद्यालय स्तरीय चित्रकला प्रतियोगीतामा कुमुदिनिका युकेस प्रथम

पोखरा, चैत्र ८ गते । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयहरूलाई समेटेर आयोजना गरिएको “क्यानभााषमा बालमनोबिज्ञान”गण्डकी प्रदेश स्तरीय विद्यालयचित्रकला प्रतियोगीता २०७७ सम्पन्न भएको छ ।दुई चरणमा सम्पन्न गरिएको प्रतियोगिताको प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्र मध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनौट गरिएको थियो । दोस्रो चरणमा प्रथम चरणबाट छनौटमा परेका उत्कष्ृट १२प्रतियोगील ेकार्यक्रम स्थलमानै चित्रबनाएका थिए । उनीहरूले चित्र कोरिरहंदा नै निर्णायकहरूले मूल्याङ्कन गरि प्रथम, द्वितीय, तृतीय र सान्त्वना छनौट गरिएको थियो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुमा क्रमशःकुमुदिनिहोम्स मा.वि.का युकेस सुनार, हिलप्वाईन्ट मा.वि.का सपना नेपाली, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिकातिलिजा पून र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजु रहेका छन् । उनीहरुले क्रमशः ९,०००, ६,०००, ३,००० र १,००० नगद पुरस्कार सहितमायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सम्पूर्ण सहभागीहरुले मायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुखअतिथि प्राज्ञ तथा बिम्बकवि रमेश श्रेष्ठले अहिले बिद्यालयहरुले कला क्षेत्रलाई यसरी प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु निकै प्रसंसनिय काम भएको बताए । त्यस्तै उनले कला र शिक्षा फरक भएको र शिक्षाले भन्दापनि बढी जिवनको ज्ञान कलाले दिनसक्ने बताए । निर्णयक संयोजनमा रहेका बरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्वविकास र जिवनभोगाईमा निकै असरदार काम गर्ने कुरा बताए । निर्णाएकको भूमीकामा बरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ रहेका थिए ।लायन्स क्लबका अध्यक्ष सुनिल कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले स्वागतमन्तब्य राखेका थिएभने कार्यक्रमको सन्चालन“प्राञ्जल”ले गरेका थिए । कार्यक्रम बिकास पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...