गण्डकी प्रदेशको बर्खे अधिवेशन आज मध्य रातबाट अन्त्य

पोखरा, असोज २६ गते ।गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राती १२ बजेबाट संसद अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल मार्फत बैठकका निर्णय सार्वजनीक गदै बर्खे अधिवेशन अन्तय गर्ने निर्णय भएको बताउनुभयो ।

प्रदेश सभाको चालु अधिवेशन गत जेठ ११ गतेबाट सुरु भएको थियो । कोरोना भाइरस संक्रमणले देश लकडाउन भएकै अवस्थामा प्रदेश सभा सुरु भएको थियो । सामाजिक दुरी कार्यम गदै पोखरा सभागृहमा प्रदेश सभा बैठक सञ्चालन हुदै आएको छ ।

बर्खे अधिवेशनमा ६२ वटा बैठक बसेको र आजसमेत गरी १४ वटा विधेयक पारित भएको बताइएको छ । त्यस्तै मन्त्रिपरिषदको बैठकले गण्डकी विश्वविद्यालयमा आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । उपकुलपति नियुक्तिसँगै काम अगाडि बढाउनुपर्ने भएकाले हालका लागि ९८ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री बस्नेतले बताउनुभयो ।

यसैगरी गण्डकी विश्वविद्यालयलाई शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली र आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गरिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

हालैमात्र प्रदेश मातहत आएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश सोमबारको बैठकले स्वीकृत गरेको छ । ७ सदस्यीय समिति रहने र अध्यक्ष प्रदेश सरकारले तोक्ने गरी गठनआदेश पारित हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...