पोखरा,असोज २७ गते ।पोखरा महानगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये अस्पतालमा उपचार गराइरहेका ७ जना रहेका छन् ।गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका ४ पुरुषमा संक्रमण देखिएको छ ।कोरोना पुष्टि हुनेमा ३२, ३६, ४८ र ७० वर्षका पुरुष छन् । संक्रमण हुनेमा गण्डकीमै उपचार गराइरहेकी २३ वर्षीया महिला छन् ।
साथै मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष र चरकमा रहेका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखरा ७ का ५२ र ३२ वर्षीय पुरुष, ५५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा पोखरा २, २५, ३१, १०, १, ३ र ११ का १÷१ जना छन् । संक्रमित ५ वर्षीय बालकको वार्ड खुलाइएको छैन ।यस्तै आज नै स्याङ्जाका १४ जनामा संक्रमण पुष्टि भएको छ । लम्जुङका २ जनामा पनि कोरोना देखिएको छ । यससँगै गण्डकीमा कोरोनाका कुल संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।