पाेखरा भाेलि भाइटिका महोत्सव हुने

पोखरा, २४ कात्तिक : होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २५ गते १९ औं भाइटिका महोत्सव २०८३ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । अपरान्ह तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले हार्दिक अनुरोध समेत गरेको छ । नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवले मद्दत गर्ने छ ।

महोत्सवप्रति विदेशी पर्यटकको आकर्षण र सहभागिता बढ्दै गएको र कतिपय पर्यटक दोहोर्याएर समेत टिका लगाउन आउने गरेका छन् । यस वर्षको महोत्सवमा एक सय हाराहारी पर्यटकले भाइटिका लगाउने अनुमान संघको रहेको छ ।

 

महोत्सवमा तिहार पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे पर्यटकलाई जानकारी गराइने छ । सो अवसरमा सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने तथा देउसी–भैलोको पस्तुती पनि रहने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...