पोखरा, असोज २७ गते । जिल्ला अदालत तनहुँले २०४८ सालमा कैद सजाय तोेकेका ब्यक्त अहिले पक्राउ परेका छन् । जिल्ला अदालत तनहुँको निर्णयले ९ वर्ष ६ महिना १६ दिन कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्धाको फरार प्रतिवादीलाई मंगलबार पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ घिरिङ गाउँपालिका ५ हटिया बस्ने ६६ वर्षीय जोकबहादुर श्रेष्ठ रहेका छन् । पक्राउ परेका श्रेष्ठ उपर थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।