कोरोना संक्रमितको लुम्बिनी प्रदेशका सरकारले निःशुल्क उपचार गर्ने

बुटवल, कात्तिक ४ गते । लुम्बिनी प्रदेशका चारवटा कोरोना विशेष अस्पतालहरुमा लक्षण देखिएका संक्रमितहरुको निःशुल्क उपचार यथावत रहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’ संघीय सरकारले कोरोना उपचारमा नयाँ मापदण्ड बनाएको भनेर टिप्पणी भइरहेका बेला मुख्यमन्त्री पोखरेलले यस्तो जानकारी गराउनु भएको हो ।यो प्रदेशमा रुपन्देही,दाङ र बाँकेमा गरी चार वटा कोरोना विशेष अस्पतालहरु सञ्चालनमा छन् ।
यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पिसिआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको बताउनुभयो । यस्तै नगरपालिकाले अबदेखि कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिनेभएको छ ।
चौधरीको अध्यक्षतामा मंगलबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...