पोखराका १४ सहित गण्डकीमा थपिए १६ नयाँ संक्रमित

पोखरा, कात्तिक १३ गते । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गदै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १६ जना संक्रमित थपिएको जनाएको हो ।

सबै संक्रमितहरु कन्ट्याक्ट टे«सिङगबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाएको छ । गण्डकीमा थपिएका मध्य १४ जना पोखरा महानगरपालिकाभित्रका रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...