गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा

पोखरा, असोज १६ गते ।गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् ।सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति हुनुभएको हो ।

देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत हुनुहुन्छ । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । उपकुलपति प्राडा देवकोटालाई विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटालाई शुक्रबार सपथ ग्रहण गराउनुभएको छ ।

गण्डकी प्रदेशका लागि चाहिने हरेक खालका प्राविधिक र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले यो विश्वविद्यालय स्थापना गरेको हो । विश्वविद्यालयले मेडिकल शिक्षाका साथै शिक्षण अस्पतालसमेत सञ्चालन तयारी थालेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...