सेती खोचमा खसेर मृत्यु, मर्दीखोला दोभानमा शव फेला

पोखरा, असोज १६ गते । पोखरामा सेती नदी खोचमा खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान नौ बजेर वीस मिनेटमा पोखरा महानगरपालिका ९ र १० जोड्ने चाईनापुल मुनी सेती नदीको खोचमा खसेर एक जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तस्विर google.com

प्रहरीका अनुसार खोचमा खस्नेको नाम, थर र वतन खुलेको छैन् । अन्दाजी २०र२२ वर्षको पुरुष ब्यक्ति खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई उद्दार गरी अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यता पोखरा महानगरपालिका १९ रैकर सिम्लाथर बस्ने वर्ष ७० को टेकनाथ पौडेलको शव फेला परेको छ ।बिहान चार बजेबाट बाहिर निस्किएकोमा घर भन्दा पूर्व २ कि.मि. टाढा पोखरा १९ मर्दीखोला दोभानको पुल नजिकै घोप्टो मृत अवस्थामा फेला प्रहरीले जनाएको । प्रहरीले खबर पाउने वित्तिकै उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...