के तपाईंलाई उठ्छ रिस ? नियन्त्रण गर्न नसके हुन्छन् यस्ता हानी

 भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई सही समयमै नियन्त्रणमा लिनुस् ।

रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने ७ वटा असरका बारेमा उल्लेख गरेका छौं ।

१ रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।

२ आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

३ ब्लड प्रेशर एक्कासी उच्च हुन्छ । र आक्रामक भावना उत्पन्न हुन् ।

४ सोच–विचारको शक्ति कमजोर हुन्छ ।

५ तनाव बढ्छ ।

६ लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरु देखिन थाल्छन् ।

७ निद्रा हराउन थाल्छ, यसले तपाईंको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।

-एजेन्सी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...