पोखरा, मंसिर १४ गते । गण्डकी प्रदेशमा आइतबार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दुई विज्ञप्ति जारी गदै संक्रमितको नयाँ विवरण सार्वजनीक गरेको हो ।
थपिएका ९५ मध्य पोखरा महानगरका मात्रै ४९ जना रहेका छन् ।त्यस्तै गोरखाका १८ जना, नवलपरासी पूर्वका १२ जना, तनहुँका १० जना, स्याङजा, लमजुङ र पर्वतका २÷२ जना रहेका छन् ।गण्डकीमा अहिलेसम्म ११९५७ जना संक्रमित भएका छन् ।