पोखरा, मंसिर २६ गते । पोखरामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्वर १० का ७५ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान ९ः१५ बजे उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।मृतक पुरुषमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८१ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा शुक्रबार ५६ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा हालसम्म १३१३५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । गण्डकीमा शुक्रबार ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।होम आइसोलेसनमा ४१३७ जना रहेका छन् ।