पोखरा, पुस २ गते । गण्डकी प्रदेशमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्वर ३ का ६८ बर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार विहान मृत्यु भएको हो । मृतक पुरुषमा मंसिर २९ गते कोरोना पुष्टि भएको थियो ।