पोखरा, फागुन ३ गते ।राष्ट्रिय खेलकुद परिषद्ले बिभिन्न जिल्लामा नौं वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको आईतवार सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको छ ।
पोखराको जेष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै लमजुङको राईनस नपा ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यसैगरि राखेपले लमजुङ कभर्डह निर्माणका लागि १० लाख,म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख,पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख,तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख,म्याग्दीको बेनी नपा स्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख,बाग्लुङमा मदन भण्डारी कभर्डह निर्माणका लागि १० लाख, र गोरखा रंगशाला स्तरउन्नतीका लागि १० लाख उपलब्ध गराउने भएको छ । राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आईतवार नै सम्झौता भएको छ । सम्झौतामा उल्लेख भए अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ बैशाख मसान्त भित्र सम्पन्न गरि सक्नु पर्ने छ । सम्झौताका अवसरमा राखेप सदस्यद्धय राजेश गुरुङ,रेनुका श्रेष्ठ,बिभागिय प्रमुखद्धय कुलवहादुर थापा,अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।