कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, कीर्तिपुर पढ्दाका सहपाठी, प्रजातान्त्रिक आन्दोलनका अनन्य मित्र तथा नेपाली कांग्रेसका युवा नेता नविन्द्रराज जोशिप्रति भावपूर्ण श्रद्धान्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...