पत्रकार महासंघ कास्कीको नेतृत्व सर्वसम्मत गर्न प्रेस चौतारीले पहल गर्ने

पोखरा, चैत १६ गते । प्रेस चौतारी नेपाल कास्कीले आसन्न नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्व चयनको लागि सर्वसम्मतको प्रयास गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल कास्कीको सोमबार भएको कार्यदलको बैठकले चौतारीका नेता विगत तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार श्याम कुँवरको नेतृत्वमा कार्यसमिति बनाउने गरी सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको हो ।

 

सर्वसम्मत नेतृत्वको लागि कार्यदललेयसका लागि अन्य संगठन र पत्रकार विच सहकार्य र समन्वयका लागि वार्ता प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपाल कास्कीका संयोजक अर्जुन गिरीले जानकारी दिए । सर्वसम्मतको हुन नसकेको खण्डमा प्रेस चौतारी नेपाल कास्कीले आफ्नो गठबन्धनका सहयात्री संगठनसहित प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको संयोजक गिरीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...