विरेन स्मृति बिटी कपको एकै खेलमा ११ गोल

पोखरा, फागुन १७ गते ।पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक सेतो दोस्रो चरणमा प्रवेश गरेको छ ।

पोखराको पुरानो टुडिखेल मैदानमा भएको खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।आयोजकको जीतमा सुनिल बिकले डबल ह्याट्रिकको योगदान दिए । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल थपे ।

 

त्यस्तै अर्काे खेलमा फोर टु फाईभ एफसीले आयोजक ओरेन्जलाई ४–१ गोल अन्तरले पराजिय गर्याे ।फोर टु फाईभको जीतमा सकुल गुरुङले २ गोल गरे भने आशिष क्षेत्री र संगम ठकुरीले समान १ गोलको योगदान दिए । आयोजक ओरेन्जको तर्फबाट राजन केसीले सान्त्वना १ गोल फर्काए ।नारायण गोपाल शितल देवी क्लबलाई २–० को गोल अन्तरले हराउदै एलजी एशोसियसन दोस्रो चरणमा प्रवेश गर्याे । एलजीको जीतमा प्रियसन गुरुङ र विजय गुरुङले समान १ गोलको योगदान दिए ।

 

अर्काे खेलमा मेरो नेपाललाई रञ्जन मेमोरियलले २–० गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार रञ्जनको जीतमा सुशान गुरुङ र रोशन छन्त्यालले समान १ गोल गरेका थिए । पाँचौ खेलमा एसवाईसीबीले विष्णु पादुकालाई २–१ गोल अन्तरले पाराजित गर्याे । एसवाईसीबीको जीतमा रविन्द्र मल्ल र खीम गुरुङले समान १ गोल गरे भने विष्णु पादुकाको तर्फबाट विशाल सुनारले सान्त्वना १ गोल फर्काए ।

 

छैटौ खेलमा लाहाचोक एफसीले काँडे एपेक्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान जमायो । लाहाचोकको जीतमा विवेक सन्तोषीले २ गोल र मनिस थापा, दीपेन्द्र नेपाली । अनिल थापा मगरले समान १ गोल दिलाए ।सातौ खेलमा पाटन एफसीले भदौरे क्लबलाई ३–० गोल अन्तरले हरायो । पाटनको जीतमा कुशल राईले २ गोल र हानोक तामाङले १ गोलको योगदान दिए ।

त्यसैगरी नयांगल्ली र ह्याप्पी ब्रदर्श बिच भएको आठौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्ली ३–१ गोल अन्तरले विजयी बन्यो ।त्यस्तै अन्तिम खेलमा रत्नसमाज सेवा समिति कस्केरीमाथी कमल पोखरी एफसीले १–० को गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । कमल पोखरीको जीतमा हेम आलेमगरले निर्णायक गोल गरे ।सोमबार समेत ९ खेल सञ्चालन गरिने बताउदै प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले पहिलो खेल भिमकाली क्लब र एम फाईभ बिच हुने जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...